युराेपा लिग

फ्रयांकफर्ट जितको हकदारः जाभी

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले इन्ट्राट फ्रयांकफर्ट जितको हकदार भएको बताएका छन् ।

युरोपा लिगअन्तर्गत अन्तिम आठको दोस्रो लेगमा फ्रयांकफर्टसँग घरेलु मैदान क्याम्प नाउमा ३–२ ले पराजित भएपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसअघि बार्सिलोना पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको थियो ।

‘हामीले दुई गोल गर्यौं तर उत्कृष्ट आक्रमण भने बनाउन सकेनौं । हामीले आज यसअघि खेलमा जस्तो प्रदर्शन गर्न सकेनौं । उनीहरुले काउन्टर अट्याकमा प्रभावकारी देखिए,’ जाभीले भने, ‘तर, यो असफलता होइन । हामीले खेलमा फर्किन राम्रो प्रयास गरेका थियौं । यो एक प्रतियोगिता हो र यहाँ हारको अर्थ नयाँ सिकाइ हुन्छ । हामी फ्रयांकफर्टलाई बधाई दिन मात्र सक्छौं । किनकी उनीहरु जितको हकदार हुन् ।