युरोपियन च्याम्पियन्स लिग

भियारियालसँगको नतिजा स्वीकार्न कठिनः मुलर

म्युनिख । च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइलनबाटै बाहिरिएपछि बायर्न म्युनिखका मिडफिल्डर थोमस मुलरले भियारियालविरुद्धको नतिजा स्वीकार्न कठिन भएको बताएका छन् ।

मंगलबार च्याम्पियन्स लिगको दोस्रो लेगमा भियारियालसँग १–१ को बराबरीमा रोकिएपछि बायर्नको यात्रा अन्तिम आठमै सीमित बनेको थियो । त्यसअघि पहिलो लेगमा बायर्न स्पेनिस क्लबसँग १–० ले पराजित भएको थियो ।

च्याम्पियन्स लिगमा बायर्न लगातार दोस्रो पटक क्वार्टरफाइनलबाट बाहिरिएको हो ।

‘यो नजिता स्वीकार्न निकै मुस्किल छ । मसँग केही शब्द छैन,’ मुलरले भने, ‘उत्कृष्ट प्रदर्शनका बावजुद पनि हार बेहोर्नु निकै तितो अनुभव हो । घरेलु दर्शकसामू हामीले आफ्नो उत्कृष्ट दिए पनि अनुकुल नतिजा निकाल्न सकेनौं ।’