एएफसी महिला एसियन कपको छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्सको सामना गर्ने

काठमाडौं, (खेलाडी) नेपालले एएफसी महिला एसियन कप-२०२२ छनोटअन्तर्गत नेपालले पहिलो खेलमा फिलिपिन्सको सामना गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपालले पहिलो खेलमा फिलिपिन्ससँग र दोस्रो खेलमा हङकङसँग खेल्ने छ । छनोटमा नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ । नेपालले दोस्रो खेलमा हङकङविरुद्ध सेप्टेम्बर २१ मा खेल्नेछ ।

दुबै खेल नेपाली समयअनुसार दिउसो ३:४५ बजेबाट सुरु हुनेछ । त्यस्तै, फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ । छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर रंगशालामा हुनेछ । छनोटमा समूहको विजेता हुने टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फरवरी ६ सम्म हुने तालिका रहेको छ ।