म्यानचेस्टर युनाइटेड

फर्नान्डेजको सम्झौता नविकरण

लन्डन । पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग चार वर्षको नयाँ सम्झौता गरेका छन् ।

फर्नान्डेजले सन् २०२६ सम्मको लागि नयाँ सम्झौता गरेका हुन् ।

२७ वर्षका फर्नान्डेज सन् २०२० मा स्पोर्टिङ लिस्वनबाट युनाइटेडमा अनुबन्ध भएका थिए । आएको केही समयमा नै आफूलाई क्लबमा स्थापित गरेका फर्नान्डेज युनाइटेडका मुख्य खेलाडी हुन् ।

‘युनाइटेड अनुबन्ध भएदेखि नै क्लब र यहाँका समर्थकहरुसँग मेरो राम्रो सम्बन्ध स्थापित भएको छ । म युनाइटेडको खेल हेर्दै र एक दिन यहाँबाट खेल्ने सपनासहित हुर्किएको थिए,’ सम्झौता नविकरणपछि फर्नान्डेजले भने, ‘त्यो सपना अहिले पूरा भएको छ । हामीले पछिल्लो केही वर्षयता उत्कृष्ट पलहरु बाँडेका छौं । तर, मेरो  टिमको सबैभन्दा उत्कृष्ट पल अझै आउन बाँकी छ ।