सहिद स्मारक ‘बी’ डिभिजन लिग

सुरेशको दुई गोलप्रेरित सामाजिकको पहिलो जित

काठमाडौं । सुरेश खत्रीको दुई गोलप्रेरित सामाजिक युथ क्लबले सोमबार सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सामाजिकले ब्वाइज युनियन क्लबलाई ३–१ ले हरायो ।

खेलको सुरुआती चौथो मिनेटमा विवेक राईको गोलबाट ब्वाइज युनियनले अग्रता लिएको थियो । तर, सामाजिक सुरेशले २१औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा फर्काए । यस्तै, बसन्तबहादुर रानाले २६औं मिनेटमा सामाजिकको अग्रता दोब्बर पारे ।

खेलको ४७औं मिनेटमा सुरेशले दोस्रो गोल गर्दै सामाजिकको सहज जित निश्चित गरे ।

लिगमा पहिलो जित निकालेको सामाजिकले चार खेलबाट चार अंक जोडेको छ । यस्तै, समान खेल खेलेको ब्वाइज युनियनले तीन अंक जोडेको छ ।