सहिद स्मारक ‘बी’ डिभिजन लिग

बी डिभिजन लिगः नयाँ बस्ती, सरस्वती र श्री भगवती विजयी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार नयाँबस्ती युथ क्लब, सरस्वती युथ क्लब र श्री भगवती क्लबले जित निकालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पहिलो खेलमा नयाँ बस्तीले ब्वाइज युनियन क्लबमाथि ३–२ को जित निकाल्यो ।

नयाँ बस्तीलाई जित दिलाउँन सुमन योङ्ग्या, रोशन आङदेम्बे र सोम थापाले गोल गरे । ब्वाइज युनियनका विनोद राई र दीवस मास्केले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

दोस्रो खेलमा सरस्वतीले खुमलटार युथ क्लबलाई २–१ ले पराजित गर्यो ।

सरस्वतीका अनिस परियार र अर्जुन गुरुङले एक एक गोल गर्दा खुमलटारका सविन केसीले एक गोल फर्काएका थिए । 

आजैको तेस्रो खेलमा श्री भगवतीले सामाजिक युथ क्लबलाई ३–२ ले पराजित गर्यो । श्री भगवतीका सन्तोष केसी, अनिल गुरुङ र अनुज भण्डारीले गोल गरे । सामाजिकका विकाश तितुङ र वसन्तबहादुर राणाले गोल गरेका थिए ।