फिफा

रुस–युक्रेन युद्धः विदेशी खेलाडी र प्रशिक्षका लागि फिफाको अल्पकालिन योजना

ज्युरिच । फिफाले युक्रेन र रुसमा रहेका खेलाडी तथा प्रशिक्षकलाई त्यहाँबाट अन्यत्र जान सहज होस् भन्दै विभिन्न अल्पकालिन योजना सार्वजनिक गरेको छ ।

 युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस विश्व खेलकुदबाट अल्गिने अवस्थामा पुगिसकेको छ ।

फिफाले यसअघि नै रुसको राष्ट्रिय टोलीका साथै त्यहाँका क्लबमाथि प्रतिबन्ध लगाइसकेको छ । यसै महिना कतार विश्वकप २०२२ को प्लेअफ खेल्ने तयारीमा रहेको रुस सो लक्ष्यबाट विमुख भएपछि फिफाको यो कदमबाट रुष्ट बनेको छ । रुसले यसविरुद्ध अपिल गर्ने जनाइसकेको छ । 

फिफाले युक्रेन र रुसमा रहेका विदेशी खेलाडी  तथा  प्रशिक्षकलाई त्यहाँबाट बाहिरिन सहज होस् भन्दै उनीहरुको सम्झौता जुन ३० सम्मका लागि निलम्बनमा राखेको हो ।

सख्तर डोनेट्क्सका पैशिक्षक रोबेर्टो डी जेर्बीका साथै उनकै टोलीका अर्का ब्राजिलियन खेलाडीहरुले क्लब छोड्न चाहेका छन् ।

नर्विच सिटीका पूर्व प्रशिक्षक ड्यानियल फार्कीले एक खेलमा पनि प्रशिक्षण नगरि गत सता क्रानोडारको प्रशिक्षकको पदबाट राजिनामा दिएका थिए । त्यस्तै मार्कुसले गिस्डोलले लोकोमोटिभ छोडिसकेका छन् ।