सहिद स्मारक ‘बी’ डिभिजन लिग

श्री कुमारी र सामाजिक युथले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले आइतबार ३–३ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीसँगै दुई खेलबाट दुई अंक जोडेको श्री कुमारी तालिकाको आठौं स्थानमा उक्लिएको छ । यस्तै, एक अंक जोडेको सामाजिक १२औं स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्री कुमारीले २९औं मिनेटमा राज भुषालले गरेको गोलबाट अग्रता लिएका थियो । वसन्तबहादुर रानाले ३७औं मिनेटमा गोल गरेपछि सामाजिक खेलमा फर्किएको थियो ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सुरेश खत्रीले गोल गरेपछि सामाजिकले २–१ को अग्रता बनाएको थियो । यस्तै, ५१औं मिनेटमा कृष्ण भन्डारीले सामाजिकको अग्रता अझ फराकिलो पारेका थिए ।

तर, ५९औं मिनेटमा विपिन तुम्सिङमगरले र ७२औं मिनेटमा लक्ष्मणमान थारुले गोल गरेपछि श्री कुमारी हारबाट जोगिएको थियो ।

यसअघि श्री कुमारीले लिगको पहिलो खेलमा नयाँबस्ती युथ क्लबसँग २–२ को बराबरीमा रोकिएको थियो । यस्तै, पहिलो खेलमा सामाजिक मध्यपुर युथ एसोसियसनसँग ५–२ ले पराजित भएको थियो ।

आजको तेस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी र मध्यपुर युथ एसोसियसनबीच प्रतिस्पर्धा हुँदैछ ।