सहिद स्मारक ए डिभिजन लिग

‘ए’ डिभिजन लिगमा सात आत्मघाती गोल

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भएका ९१ खेलमा सात आत्मघाती गोल भएका छन् । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक लिगको उपाधि रक्षा गर्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब १३औं र १४औं स्थानमा रहँदै दोस्रो डिभिजनमा घटुवा भए ।

मंसिर दुई गतेदेखि सुरु भएर फागुन १४ गते समापन भएको लिगमा एक सय ९० गोल भए । यो सिजन लिगमा ३५ खेल बराबरी भएको थियो भने ५६ खेलमा जित र हारमा सकिएको थियो ।

तीमध्ये २१ खेलमा गोलरहित बराबरी र १४ खेलमा गोलसहित बराबरीको नतिजा निस्कियो ।

लिगको यो संस्करणमा भएका कुल एक सय ९० मध्ये सात गोल आत्मघाती र ९  गोल पेनाल्टीबाट भएको थियो । लिग अवधिभर पहिलो हाफमा ८५ गोल र दोस्रो हाफमा एक सय पाँच गोल भएका थिए । यो लिगका ९१ खेलमा २.०९ को औसतमा गोल भए ।