लिग गर्न क्लब सहमत

काठमाडौं, (खेलाडी)– असोज ३ गतेबाट तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका लागि १४ क्लब सहमत भएका छन् । 

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिसँगको छलफलमा सबै क्लब सहमत भएको एन्फाले जनाएको छ ।

छलफलमा सबै क्लब लिग खेल्न सहमत भएको तर क्लबका प्रतिनिधिहरुले खेलाडीको स्वास्थ्य र सुरक्षाको विषयमा भने चिन्ता व्यक्त गरेका थिए । 

ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुनले लिग खेल्ने क्रममा खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारण राख्दा थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापनपत्र लिग रोक्नका लागि नभई व्यवस्थित बनाउन भएको बताएका थिए । 

त्यस्तै छलफलमा अन्य क्लबका अध्यक्ष तथा पदाधिकारीले पनि खेलाडीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए । यस्तै अन्य क्लबका पदाधिकारीले पनि स्वास्थ्य विषयमा गम्भीर हुन आयोजक एन्फालाई सुझाव दिए । 

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले लिग निर्धारित मितिमा नै हुने र आयोजनाका क्रममा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने बताए ।