भक्तपुर कप फुटबल

भक्तपुर कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने

काठमाडौं । युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुर कप फुटबल प्रतियोगिता सुरु हुँंदैछ । प्रतियोगिताको उदघाटन दिउँंसो १ बजे हुने भए पनि खेल भने दिउँंसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।  

महेश्वरी खेल मैदानमा उद्घाटन खेलमा आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपा भिड्नेछन् ।

आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुुले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।

प्रतियोगिताको विजेताले टोलीले नगद एक लाख १५ हजार र उपविजेताले ५५ हजार पुरस्कार पाउनेछन् । साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई पनि पुरस्कार पाउने आयोजकले जानकारी एि ।

प्रतियोगितामा काठमाडौ, भक्तपुर, लतिलपुर, काभ्रेलगायतबाट १६ वटा टिमहरुले सहभागिता रहने छ ।