साफ यु १९ च्याम्पियनसिप

यु १८ महिला साफ च्याम्पियनसिपको तालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार भारतमा आयोजना हुने यु १८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । साफले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता चैत एक गतेदेखि ११ गतेसम्म चल्नेछ ।

भारतको जमशेदपुरमा हुने प्रतियोगितमा नेपाल, भारत र बंगलादेशगरि तीन टोलीको सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालले आयोजक भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र भारतबीचको खेल मार्च एक मा हुनेछ ।

दोस्रो खेलमा नेपालले चैत्र ३ गते बंगलादेशको सामना गर्नेछ । यस्तै, सात गते दोस्रो पटक भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 
प्रतियोगिताको अन्तिम खेमला नपालले नौ गते बंगलादेशसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीेले उपाधि जित्ने साफले जनाएको छ ।