आहा रारा गोल्ड कप

पहिलो हाफमा मछिन्द्रलाई अग्रता

काठमाडौं । आहा रारा गोल्ड कप अन्तर्गत सोमबार जारी खेलमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । 

पोखरा रंगशालामा जारी तेस्रो क्वार्टरफाइनलमा मछिन्द्रले १२औं मिनेटमा उत्सव राईले गरेको गोलमा अग्रता लिएको हो । 

मछिन्द्र र संकटा क्लबबीचको विजेताले सेमिफाइनलमा एपिएफको सामना गर्नेछ ।

एपिएफले शनिबार अमेरिकी टोली बिवाईएससीलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा मनाङ मर्स्र्याङदी फुटबल क्लबले नेपाल पुलिस फुटबल क्लबलाइ २-० निराश पार्दैै सेमिफाइनलमा स्थान बनाएको थियो ।