आहा रारा गोल्डकप

पुनरागमन जितमा एपिएफ सेमिफाइनलमा

काठामाडौं । रवि थिङको दुई गोलप्रेरित एपिएफले अमेरिकी टोली बिवाईएससीमाथि पुनरागमन जितसहित आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

शनिबार पोखरा रंगशालामा सम्पन्न पहिलो क्वार्टरफाइनलमा एपिएफले बिवाईएससीमाथि ३–१ को जितसहित अन्तिम चारको यात्रा पक्का गरेको हो ।

एपिएफले पहिलो खेलमा बिहीबार आयोजक साहारा क्लबलाई २-०  ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । बिवाईएससीले भने सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।

४७औं मिनेटमा मिगेलले गरेको गोलमा बिवाईएससीले अग्रता लिएको थियो । राइली युरीको क्रसमा एपिएफका गोलकिपर कुरियामाले  राम्रोसँग नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई मिगेलले हेडरमार्फत बललाई जाली चुमाएका थिए ।

६९औं मिनेटमा आभासा लामिछानेले पेनाल्टीमा एपिएफलाई खेलमा फर्काएका थिए । बिवाईएससीका खेलाडीले अर्मान्डलाई लडाएपछि एपिएफ खेलमा फर्किएको थियो । 

८४औं मिनेटमा रविले गरेको गोलमा एपिएफले अग्रता लिएको थियो । इन्जुरी समयको पहिलो मिनेटमै रविले गोल गर्दै एपिएफको सेमिफाइलनको यात्रा पक्का गरेका थिए ।

प्रतियोगिताको दोस्रोे क्वाटर्रफाइनलमा आइतबार मनाङ मर्स्र्याङदीले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

एपिएफले फाइनल प्रवेशका लागि माघ १२ मा मछिन्द्र फुटबल क्लब र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ । मछिन्द्र र संकटाबीचको खेल सोमबार हुनेछ ।