क्यान

रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरि, शक्ति गौचन पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वस्पिनर शक्ती गौचन बुधबार रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा पराजित भएका छन् ।

बुधबार भैरहवामा सम्पन्न रुपन्देही जिल्ला क्रिकेट संघको चौथो अधिवेशनबाट हरिबहादुर थापा ६४ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए ।  शक्तिले ४० मत ल्याए । 

त्यस्तै उपाध्यक्ष धिरज अधिकारी क्षेत्री, सचिवमा सञ्जय गुरुङ र कोषाअध्यक्षमा निरज प्रजाप खाँड निर्वाचित भए । 

संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचित भइन् । त्यस्तै अन्य सदस्यमा भरत थापा, विजय सिंह ज्ञावली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक,कलम पाण्डे र श्रीराम नेपाली निर्वाचित भए ।