कोपा डेल रे

सोसिडाड अन्तिम १६ मा , एटे्लेटिकाको खराब लय निरन्तर

मड्रिड । एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै रियाल सोसिडडा आइतबार कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोसिडाडको जितमा पहिलो हाफमा एडना जानुजाज र दोस्रो हाफमा एलेक्जेन्डर सोर्लोथले गरेको गोल पर्याप्त बन्यो ।

एट्लेटिको मड्रिड गत साता स्पेनिस सुपर कपको सेमिफाइनलमा एथ्लेटिक बिल्बाओसँग सेमिफाइनलमा निराश भएको थियो ।

डिएगो सिमोनीले दोस्रो हाफ सुरु भएको १० मिनेटमै लुइस स्वारेज, माथ्युस कुन्हा र थोमस लेमारलाई मैदान उतारे पनि टोलीले जित भने पक्का गर्न सकेन ।

३३औं मिनेटमा एडनाले गरेको गोलमा सोसिडाडले अग्रता लियो ।  ४७औं मिनेटमा सोर्लोथले सोसिडाडाको अग्रता दोब्बर पारेका थिए ।

लगातार दुई घरेलु प्रतियोगिताबाट बाहिरिएपछि एट्लेटिमाथि म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग अन्तिम १६ भिडन्त अघि दबाबमा बढेको छ ।

स्पेनिस ला लिगामा पनि सिमोनीको टोलीले उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । एट्लेकिको शीर्ष स्थानको रियाल मड्रिड भन्दा १६ अंकले पछि परिसकेको छ । 

ला लिगाको पछिल्लो आठ अवे खेलमा एट्लेटिकोले एक खेल मात्र जितेको छ ।