अफ्रिका कप अफ नेसन्स

नाइजेरियाको शतप्रतिशत जित यात्रा निरन्तर, इजिप्ट समूह उपविजेता

युउन्डे । गिनी बिसुमाथि २-० को जितसहित नाइजेरियाले अफ्रिका कप अफ नेसन्सको समूह चरणमा आफ्नो जित यात्रा कायम राखेको छ ।

यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको नाइजेरिया समूह ‘डी’को विजेता बन्यो । नाइजेरियाले तीन खेलमा शतप्रशितन नतिजा ल्याउदै नौ अंक जोड्दा तीन खेलमा दुई जित र एक हारको नतिजापछि इजिप्ट ६ अंकसहित उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । समान खेलमा एक अंक जोडेका सुडान र गिनी बिसु क्रमशः तेस्रो र चौथो स्थानमा रहे । 

५६औं मिनेटमा उमर सादिकले नाइजेरिायका लागि गोल खाता खोले । ७५औं मिनेटमा कप्तान विलियम ट्रोस्ट इकोङले नाइजेरियाको अग्रता दोब्बर पारे ।

त्यस्तै समूह ‘डी’ को उपविजेता बन्ने क्रममा सात पटकको अफ्रिका कप अफ नेसन्सको विजेता इजिप्टले सुडानलाई १-० ले हरायो । 

३५औं मिनेटमा एब्डेलमोनेमले गरेको गोल इजिप्टको जितमा पर्याप्त बन्यो ।