कोपा इटालिया

इन्टर क्वार्टरफाइनलमा

मिलान । स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा इन्टर मिलान बुधबार इम्पोलीलाई ३-२ ले पराजित गर्दै कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

१३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले अग्रता लिएको थियो । ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काएका थिए ।

 ७६औ मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले अग्रता लिएको थियो । इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काएका थिए ।

निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा सेन्सीले गरेको गोलमा इन्टरले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो १८औं पटक हो ।

इटालियन सिरी ‘ए’को शीर्ष टोली इन्टरले घरेलु मैदानमा शनिबार भेनेजियाको सामना गर्नेछ भने इम्फोलीले एएस रोमविरुद्ध खेल्नेछ ।