कोपा इटालिया

युभेन्टस क्वार्टरफाइनलमा

मिलान । साम्पडोरियामाथि ४-१ को सहज जितसहित युभेन्टस मंगलबार कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

२५औं मिनेटमा ह्वाँ क्वाडार्डोको गोलमा युभेन्टसले अग्रता लिएको थियो । ५२औं मिनेटमा ड्यानिली रुघानीले युभेन्टसको अग्रता दोब्बर पारेका थिए । 

६३औं मिनेटमा आन्द्रे कोन्टीले साम्पडोरियालाई खेलमा फर्काउने संकेत गरेका थिए । त्यसको चार मिनेटपछि नै पाबलो डिबालाले गोल गर्दै युभेन्टसको अग्रता ३-१ मा पुर्याएका थिए । 

७७औं मिनेटमा अल्भारो मोराटाले युभेन्टसका लागि चौथो गोल गर्दै टोलीको क्वार्टरफाइनल यात्रा पक्का गरे । 

कोपा इटालियाको पछिल्लो नौ संस्करणमध्ये युभेन्टस आठ संस्करणको विजेता हो । युभेन्टस गत साता सुपरकोपामा भने इन्टर मिलानसँग निराश भएको थियो ।

युभेन्टसले सबै खाले प्रतियोगिता गरि पछिल्लो ११ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । युभेन्टसले इटालियन सिरी ‘ए’ मा आइतबार एसी मिलानको समना गर्नेछ ।