इङ्लिस प्रिमियर लिग

चेल्सीको जितविहिन यात्रा निरन्तर

लन्डन । इङ्लिस प्रिमियर लिगमा चेल्सीको जितविहिन यात्राले चौथो खेल सम्म निरन्तरता पाएको छ ।

प्रिमियर लिगमा थोमस टचेलको टोली मंगलबार ब्राइटनसँग १-१ को बराबरीमा रोकिएको हो ।

ब्राइटनसँग अंक बंक बाँडेपछि टचेलको टोलीले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । चेल्सीले शनिबार शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई १-० को नतिजा सुम्पिएको थियो ।

तेस्रो स्थानको चेल्सीको २३ खेलमा ४४ अंक छ भने दोस्रो स्थानको लिभरपुलको ४५ अंक छ । चेल्सी शीर्ष स्थानको सिटी भन्दा १३ अंकले पछि छ ।

यद्धपी चेल्सीले सिटी भन्दा एक र लिभरपुल भन्दा दुई खेल बढी खेलेको छ । 

२८औं मिनेटमा हाकिम जेइचको गोलमा चेल्सीले अग्रता लियो । ६०औं मिनेटमा एडम वेब्स्टरले ब्राइटनलाई खेलमा फर्काएका थिए । 
चेल्सीले आइतबार स्टामफोर्ड ब्रिजमा टोटनहमलाई आतिथ्य प्रदान गर्र्दैछ भने ब्राइटनले लेस्टर सिटीको भ्रमण गर्नेछ ।