आहा रारा गोल्डकप

देशलाई गहना दिने गर्विलो सहारा

काठमाडौं । काठमाडौंमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणका खेल भर्खरै सम्पन्न भएका छन् । नवौं चरणको समाप्तीसँगै शीर्ष डिभिजनको लिगले केहि महिनाको लागि विश्राम लिएको छ ।  

माघ ३ गते लिगको विश्राम हुँदा मोफसलको पहिलो प्रतियोगिताको रुपमा चर्चित आहा रारा गोल्डकपको २०औं संस्करण पोखरा रंगशालामा हुँदैछ । आहा रारापछि अरु पाँच प्रतियोगिता आयोजनाका लागि अखिल नेपाल फुटबल संघले मोफसलका विभिन्न आअयोजकलाई समय उपलब्ध गराएको छ ।

तर नेपाली फुटबलमा सबभन्दा प्रतिष्ठित प्रतियोगिताको स्थान बनाइसकेको आहा राराको रौनक क्लब, खेलाडी, दर्शक र फुटबलका अरु सरोकारवालामा बढि रहन्छ । कारण, आहा राराको उद्देश्य, नेपाली फुटबललाई कठिन समयमा यसले लगाएको गुन, प्रतियोगिताको निरन्तरता र आहा राराको आयोजक सहारा क्लबले नेपाली फुटबललाई दिएका प्रतिभावान खेलाडीहरू । पर्यटकीय नगरी पोखराको प्राकृतिक सुन्दरताले आहा राराको रौनकमा थप बल प्रदान गरेको छ ।

अनाथ, असहाय र आर्थिकरूपमा विपन्न वर्गका बालकहरूलाई फुटबल र शिक्षामार्फत सक्षम नागरिकका रुपमा विकसित गर्दै देशका लागि योगदान गर्न सक्षम बनाउने सहाराको अर्को अभियान छ, सहारा एकेडेमी । त्यही एकेडेमीको सहयोगार्थ सहाराले आहा रारा गोल्डकपलाई उपयोग गर्ने गरेको छ । यसकारण सहारा एकेडेमीमा हुर्किएर नेपाली फुटबलमा राज गरेकाहरूको चर्चा यहाँ प्राशंगिक हुन सक्छ ।

क्याराभान गोल्डकपको नाममा २०५८ सालमा पहिलो पटक भएको प्रतियोगिताले लगातार २० संस्करणको सफल यात्रा तय गरिसकेको छ । यस्तो निरन्तरता नेपाली फुटबलमा अन्य कुनै पनि प्रतियोगिताको छैन । राष्ट्रिय फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघले गर्ने पनि कुनै यस्ता प्रतियोगिता छैनन्, जसले यति लामो समयसम्म निरन्तरता पाएको होस् ।

अनाथ, असहाय र आर्थिकरूपमा विपन्न वर्गका बालकहरूलाई फुटबल र शिक्षामार्फत सक्षम नागरिकका रुपमा विकसित गर्दै देशका लागि योगदान गर्न सक्षम बनाउने सहाराको अर्को अभियान छ, सहारा एकेडेमी । त्यही एकेडेमीको सहयोगार्थ सहाराले आहा रारा गोल्डकपलाई उपयोग गर्ने गरेको छ । यसकारण सहारा एकेडेमीमा हुर्किएर नेपाली फुटबलमा राज गरेकाहरूको चर्चा यहाँ प्राशंगिक हुन सक्छ ।

हो, नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ यही एकेडेमीका पहिलो ब्याचका उत्पादन हुन् । घरेलु फुटबल होस् वा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, लामो समय अनिलले अग्रपंक्तिमा राज गरे । फर्ममा रहेका अनिललाई रोक्नु कुनै बेला हरेक विपक्षी रक्षापंक्तिको सबभन्दा ठूलो चुनौती हुनेगथ्र्यो ।

मेहनती अनिलसँग भएको एयरबलमा जम्प, हेडिङ एकुरेसी, तीब्र गति, सही समयमा सही ठाउँमा पुग्न सक्ने क्षमता र एउटा फरवार्डमा हुनुपर्ने अवसरवादी चरित्रको नेपाली राष्ट्रिय टोलीसँगै थुप्रै घरेलु टिमले फाइदा उठाए । अनिलको त्यो क्षमता उपयोग गर्नेमा मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, न्युुरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज क्लब र उनको मातृ क्लब सहारासमेत रहे ।

पक्कै पनि अनिल गुरुङ नेपाली फुटबललाई सहारा एकेडेमीले दिएको सबभन्दा ठूलो नाम हो । यत्तिमै सहाराको योगदान सीमित हुँदैन । नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका राष्ट्रिय रक्षक अजित भण्डारी पनि सहाराकै उत्पादन हुन् ।

ब्रिगेड ब्वाइज क्लबबाट शीर्ष डिभिजनको व्यावसायिक करियर सुरु गरेका अनिल अहिले खेल जीवनको उत्तराद्र्धमा फेरी त्यहीँ आइपुगेका छन् । उमेरकै कारण पनि जारी लिगमा कमैमात्र अवसर पाएका अनिलले गोल गर्न सकेका छैनन् । तर, पुलिसविरुद्धको खेलमा त उनको प्रदर्शन अरु जुनियर खेलाडीहरूको बीचमा पनि म्यान अफ दी म्याचको पुरस्कारका लागि हकदार बन्यो ।

पक्कै पनि अनिल गुरुङ नेपाली फुटबललाई सहारा एकेडेमीले दिएको सबभन्दा ठूलो नाम हो । यत्तिमै सहाराको योगदान सीमित हुँदैन । नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका राष्ट्रिय रक्षक अजित भण्डारी पनि सहाराकै उत्पादन हुन् ।

दुई वर्षअघि ‘डेब्यु’ गरेर आठ अन्तर्राष्ट्रिय खेल खेल्न भ्याइसकेका अजित पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका छन् । चोटकै कारण जारी लिगको पहिलो खेलमा आराम लिएका अजित त्यसयता सबै खेलमा मैदान उत्रिएका छन् । प्रतिद्वन्द्वी च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड १९ संक्रमण देखिएका कारण पुलिसको नवौं चरणको खेल स्थगित गरियो ।

अनिल र अजितबाहेक पनि दर्जनभन्दा बढि खेलाडीले नेपाली लिगमा सहाराको गौरवगाथा रचिरहेका छन् । सहारा एकेडेमीको दोस्रो ब्याचबाट अजितसँगै सुशील लामा र लक्ष्मण जिसी पनि जारी लिगमा सक्रिय छन् । सुशीलले फ्रेन्ड्स क्लबबाट खेलिरहेका छन् भने लक्ष्मण च्यासलबाट खेल्छन् ।

पछिल्लो ब्याचका अनिश लिम्बू र अभिषेक राना मगर हाल त्रिभुवन आर्मी फुटबल क्लबमा ट्रायलमा छन् । दुबै खेलाडी भविष्यमा जागिरसँगै सहाराबाट निखारिएको फुटबल कौशल देखाउने योजनामा छन् ।

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर विषन गौचन सहारा एकेडेमीकै उत्पादन होइनन् । तर उनले सहाराको टिमबाट खेल्दै गर्दा काठमाडौंका ठूला क्लबको ध्यान तानेका थिए । राष्ट्रिय टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ र संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङको पनि सहारा क्लबसँग मिठो अतित छ ।

यस्तै दीप कार्की, मान बहादुर तामाङ, त्रिदेव गुरुङ, बिसोन गुरुङ लगायत सहाराका उत्पादनहरूले शीर्ष डिभिजनका क्लबबाट उच्चस्तरमा प्रतिस्पर्धा गरिसकेका छन् । यसैगरी किरण श्रेष्ठ, विष्णु गुरुङ, विषन गौचन, सुशिल गुरुङजस्ता पूर्व खेलाडीहरू पनि कुनै न कुनै रुपमा सहारासँग जोडिएका छन् ।

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर विषन गौचन सहारा एकेडेमीकै उत्पादन होइनन् । तर उनले सहाराको टिमबाट खेल्दै गर्दा काठमाडौंका ठूला क्लबको ध्यान तानेका थिए । राष्ट्रिय टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ र संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङको पनि सहारा क्लबसँग मिठो अतित छ ।

समाजसेवाको परोपकारी शैली रोजेका सहारा क्लबका संस्थापकहरू क्लब स्थापना गर्दा आफैं फुटबल खेल्ने युवा थिए । अहिले क्लब र एकेडेमीले दुई दशकको यात्रा गर्दा सबैका कपाल फुल्न थालिसकेका छन् । क्लब र एकेडेमीप्रतिको निरन्तरको समर्पण र मेहनतले उनीहरू थकित भइसकेका छन् । फुटबलमा एकोहोरिँदा व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन सबैको लथालिङ्ग छ । तर पनि उनीहरूको मुहारमा सधै सन्तुष्टिको मुस्कान देखिन्छ, कारण यीनै खेलाडी हुन्, जसले सहारालाई प्रतिनिधित्व गर्दै नेपाली फुटबलमा प्रभाव जमाइरहेका छन् ।

‘हामी आफ्नो उद्देश्यमा पूर्ण रुपमा सफल छौं । हामी खेल्ने बेला एउटा टिम बनाउन खेलाडी पुग्दैनथ्यो । अहिले हाम्रा खेलाडी राष्ट्रिय टोलीको गहना बन्न थालेका छन् । धेरै ‘ए’ डिभिजनका क्लबमा हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्,’ सहाराका पूर्व अध्यक्ष वीरभद्र आचार्य भन्छन्, ‘सहाराबाट गएर कोही प्रशिक्षक भएका छन् । कोही खेलाडी भएका छन् । सबैले काठमाडौंका ठूला क्लब र राष्ट्रिय टोलीमा राम्रो गरिरहँदा सहाराका सदभावना दुतको भूमिका निर्वाह गरिरहेका छन् । हाम्रो लागि योभन्दा ठूलो गर्वको कुरा अरु के हुन सक्ला र ?’