फिफा

लेवान्डोवस्कीलाई लगतार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड

ज्युरिच । बायर्न र्म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले लगतार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

 लेवान्डोवस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले  फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ खेलमा ५८ गोल गरेका थिए । लेवान्डोवस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान समेत तोडेका थिए । मुलरको नाममा ४१ गोल थियो । लेवान्डोवस्कीले ४३ गोलका साथ मुलरको सो कीर्तिमान तोडेका हुन् ।

यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।

‘धेरै धेरै धन्यवाद । म यो अवार्ड जित्दा ज्यादै हर्षित छु’, लेवान्डोवस्कीले भने, ‘म यो अवार्ड मेरो टोली सहयात्री र प्रशिक्षकलाई समर्पण गर्न चाहन्छु । मैले कहिले पनि मुलरको कीर्तिमान तोड्छु होला भनेर कल्पना समेत गरेको थिइन, २९ खेलमा ४१ गोल । केही वर्ष अघि सम्म मलाई यो असम्भव लाग्थ्यो । अहिले मुलर हामीमाझ छैनन् । मैले उनको कीर्तिमान तोडे ।उनलाई धन्यवाद भन्न चाहन्छु । उनको प्रेरणामा मैले राम्रो प्रदर्शन गरे ।’