अफ्रिका कप अफ नेसन्स

अल्जेरियाको उपाधि रक्षा लक्ष्यमा धक्का, ट्युनिसियाको सम्भावना जीवित

याउन्डे । इक्वाटोरियल गिनीसँग १-० ले स्तब्ध भएसँगै साविक विजेता अल्जेरियाको अफ्रिका कप अफ नेसन्सको उपाधि रक्षा गर्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ ।

समूह ‘ई’ को मा आइभोरी कोस्ट दुई खेलमा चार अंकसहित शीर्ष स्थानमा छ भने इक्वाटोरियल गिनी तीन अंकसहित दोस्रो र सेरालियोन दुई अंक जोड्दै तेस्रो स्थानमा छ । चौथो स्थानको अल्जेरियाको भने मात्र एक अंक छ । 

सन् २०१७ पछि अफ्रिका कप अफ नेसन्समा अल्जेरियाले व्यहोरेको यो पहिलो हार हो । सन् २०१७ मा अल्जेरिया ट्युनेरियासँग २-१ ले निराश भएको थियो ।

अल्जेरियाले नकआउट चरण प्रवेशको सम्भावना जीवित राख्न समूहको अन्तिम खेलमा आइभोरी कोस्टलाई पराजित गर्नुपर्नेछ ।

समूह ई’ अन्तर्गत आइतबार भएको अर्को खेलमा आइभोरी कोस्ट र सेरालियोनले २-२ को बराबरी खेलेका छन् ।

त्यस्तै ट्युनिसियाले मारुटानिया ४-० को सहजव जितसहित नकआउट चरण प्रवेशको सम्भावना कायम राखेको छ । 

ट्युनिसिया दुई खेलमा तीन अंकसहित समूह ‘एफ’ को तेस्रो स्थानमा छ । समान खेलमा समान चार अंकसहित जाम्बिया र माली क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । मारुटानियाले अंक खाता खोल्न सकेको छैन ।