म्यानचेस्टर युनाइटेड

युनाइटेडको लागि खेल्न कहिल्यै अस्विकार गर्दिनः मार्सियल

लन्डन । डिफेन्डर एन्टोनी मार्सियलले म्यानचेस्टर युनाइटेडबाट खेल्न कहिल्यै अस्विकार नगर्ने बताएका छन् । यसअघि युनाइटेडका प्रशिक्षक राल्फ रागनिकले एस्टोन भिल्लाविरुद्ध मार्सियलले आफूलाई पहिलो रोजाइमा नराख्न आग्रह गरेको खुलाएका थिए ।

२६ वर्षिय फरवार्ड मार्सियल शनिबार एस्टोन भिल्लाविरुद्ध युनाइटेडको आठ सब्सिच्युट्समा  परेका थिएनन् । भिल्ला पार्कमा भिल्लाबाट दोस्रो हाफमा मैदान भित्रिएका फिलिप कौटिन्होले एक गोल र असिस्ट गरेपछि युनाइटेड २–२ को बराबरीमा रोकिएको थियो ।

‘म कहिल्यै युनाइटेडबाट खेल्न अस्विकार गर्दिन । म पछिल्लो सात वर्षदेखि यहाँ छु । र, मैले युनाइटेड र समर्थकलाई कहिल्यै असम्मान गरेको छैन र गर्ने पनि छैन,’ मार्सियलले भने ।

यसअघि प्रशिक्षक रागनिकले मार्सियल युनाइटेडबाट खेल्न नचाहेको र यसैकारण भिल्ला पार्क भ्रमणमा टोलीमा नराखेको बताएका थिए ।