सहिद स्मारक ‘ए’ डिभिजन लिग

च्यासलका १९ खेलाडीलाई कोभिड संक्रमण, आजको दोस्रो खेल स्थगित

काठमाडौं । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबारका लागि तय भएको दोस्रो खेल स्थगित भएको छ ।

लिग निर्देशक सञ्जीव मिश्रले च्यासलका १९ खेलाडीमा संक्रमण पुष्टी भएका कारण खेल स्थगित गर्नुपरेको खेलाडीलाई जानकारी गराए । मिश्रका अनुसार लिगका अन्य खेलतालिका भने यथावत छन ।

यो पनि पढ्नुहोस्

च्यासलका दुई खेलाडीमा कोभिड संक्रमण पुष्टि

रुघाखोकीका कारण जावलाखेलका १४ खेलाडी मात्रै ट्रेनिङमा

लिगअन्तर्गत अहिले शीर्ष टोली मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबबीच दशरथ रंगशालामा खेल भइरहेको छ । यसैगरी नवौं चरणअन्तर्गत भोली सोमबार न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच खेल हुने तालिका छ ।

फिफाको अन्तर्राष्ट्रिय ब्रेक तथा मोफसलका प्रतियोगिताका लागि नवौं चरणपछि एक महिना लिगलाई आराम दिइने तय थियो ।

नवौं चरणअन्तर्गत च्यासल र पुलिसबीचको खेल स्थगित भएपछि यो खेल कहिले गर्ने भन्ने विषय केही दिनमा टुंगो लगाउने मिश्रले जानकारी गराए ।

‘सबभन्दा पहिला त संक्रमित खेलाडीहरु संक्रमणमुक्त हुनुपर्यो । त्यसपछि मात्र पुलिसले मोफसलमा खेल्ने प्रतियोगितामा अशर नगर्ने गरी दशौं चरणको खेलअघि नै यो खेल गराइनेछ,’ लिग निर्देशक मिश्रले भने, ‘लिग एक महिनाका लागि ब्रेक भएकाले हामीलाई यो खेलको लागि मिति निकाल्न खास समस्या हुने छैन । अहिले त हामी संक्रमित खेलाडीहरु चाँडो भन्दा चाँडो संक्रमण मुक्त हुन भन्ने कामना गर्न चाहन्छौं ।’