सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा मछिन्द्र र ब्रिगेड ब्वाइज गोलरहित बराबरी

काठमाडौं । शीर्ष स्थानको मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आइतबारको पहिलो खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

नवौ मिनेटमा ब्रिगेड ब्वाइजका कप्तान अनिल गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । 

१५औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बाहिरिदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।

२६औं मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले बचाए । 

त्यसको तीन मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरदा मछिन्द्रले अग्रता लिने अर्कोे अवसर गुमायो ।

४४औं मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए 

मछिन्द्र आठ खेलमा २० अंकसहित शीर्ष स्थानमा छ । मछिन्द्र ब्रिगेड ब्वाइजमाथि जितसहित शीर्ष स्थानको अग्रता फराकिलो पार्न चाहन्छ । मनाङ मर्स्याङदी क्लब १९ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबको १७ अंक छ । 

ब्रिगेड ब्वाइज भने आठ खेलमा ६ अंकसहित १२औं स्थानमा छ ।