
याउन्डे । एब्ली जालौको निर्णायक गोलप्रेरित गाम्बियाले अफ्रिका कप अफ नेसन्सको समूह ‘एफ’अन्तर्गत बुधबार राति खेलमा माउरिटियानालाई १-० गोलको नतिजामा पराजित गरेको छ ।
लिम्बे रंगशालामा भएको खेलमा गाम्बियालाई प्रतियोगितामा विजयी सुरुआत दिलाउन जालौले १०औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । सुरुमै एक गोलले पछि परेको माउरिटियानाले बराबरीका लागि निरन्तर प्रयास गरेको थियो ।
यद्यपि, प्रहार गरेका २० सटमध्ये दुई पटक मात्रै टार्गेटमा परेका थिए । यद्यपि, निरन्तर प्रयासका बावजुद कुनै पनि प्रयासले गोल लाइन पार गर्न नसक्दा माउरिटियानाले हार टार्न सकेन ।
जितसँगै गाम्बिया समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मालीको समान तीन अंक छ ।