बायर्न म्युनिख

बायर्न फाइदामा भएकाे एकमात्र टाेली

बर्लिन । जर्मन च्याम्पियन बायर्न म्युनिख कोभिड महामारीका बावजुद सन् २०२०/२१ को सिजनमा फाइदा कमाउने एकमात्र क्लब बनेको छ ।

‘युरोपियन च्याम्पियन्स रिर्पोट’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार लगातार नौ पटक बुन्डेसलिगा च्याम्पियन बायर्न शीर्ष आठ युरोपेली लिगका क्लबहरुमा नाफा कमाउने एक मात्र क्लब बनेको छ । उक्त वर्ष बायर्न करबाहेक १.८ मिलियन युरो नाफा कमायो ।

गत सिजन डोमेस्टिक ट्रेबल जितेको बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुगको थियो । दुई वर्षअघि छैठौं पटक युरोपेली च्याम्पियन बनेको बायर्न पछिल्लो सिजन भने पेरिस सेन्ट जर्मन (पिएसजी) सँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यस्तै इङ्लिस लिग च्याम्पियन म्यानचेस्टर सिटी पछिल्लो वर्षको तुलनामा आम्दानी बढाउने एकमात्र क्लब बन्दा सिरी ‘ए’ च्याम्पियन इन्टर मिलान सबैभन्दा घाटामा बेहोर्ने इटालियन क्लब बनेको छ । इन्टरले सन् २०२०/२१ मा २४५.६ मिलियन युरो घाटा बेहोर्यो ।

सोही सिजनको स्पेनिस लिग च्याम्पियन एट्लेटिको मड्रिडले भने १११.७ मिलिनय युरो घाटा बेहोरेको च्याम्पियन्स रिर्पोटको तथ्यांकमा उल्लेख छ ।