इङ्लिस प्रिमियर लिग

भाल्होभिचलाई भित्राउने आर्सनलको तयारी

लन्डन । आर्सनलले पछिल्लो केही सिजन इङ्लिस प्रिमियर लिगमा आफूलाई दाबेदार टोलीको रुपमा उभ्याउन सकिरहेको छैन । 

तर आर्सनल प्रशिक्षक मिकेल अर्टेटाको प्रशिक्षणमा पुराना साख पर्खाउने योजनामा छ ।

यस सिजनको अन्त्यसँगै पियरी इमरिक-औबामयाङले क्लब छोड्ने तयारी गरिरहँदा आर्सनल भने खेलाडी सरुवा बजारमा खर्च गर्ने तयार देखिएको छ ।

आर्सनलले सर्बियाका डुसान भाल्होभिचलाई अनुबन्धन गर्ने अन्तिम तयारी गरेको छ । 

इटालियन सिरी ‘ए’ क्लब फियोरेन्टिनाका स्ट्राइकर भाल्होभिचको अनुबन्धमा एक सय ८० मिलियन डलर खर्चन तयार रहेको देखिएको छ ।

त्यस्तै उनलाई भित्राउन युभेन्टस, टोटनहम, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि इच्छा देखाउँदै आएका छन् ।

त्यस्तै  सिटी रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचलाई अुनबन्धन गर्ने इच्छुक देखिएको छ । माढरिचको रियालसँगको सम्झौता यस सिजनको अन्त्यपछि सकिदैछ ।

 रियालले गरेको सम्झौता नविकरणको प्रस्तावमा मोडरिच सन्तुष्ट देखिएका छैनन ।

चेल्सीका रक्षक एन्टोनियो रुडिगरलाई रियालसँगै पेरिस सेन्ट जर्मन (पिएसजी)ले भित्राउने इच्छा देखाएका छन् । तर रुडिगर भने रियाल जान इच्छुक देखिएका छन् ।