अखिल नेपाल फुटबल संघ एन्फा

निलम्बित एन्फा वित्तीय निर्देशक शाहमाथिको छानविन भोलिदेखि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वित्तीय निर्देशक निरञ्जन शाहमाथिको छानविन मंगलबारदेखि सुरु हुने भएको छ । सन् २०२० को जनवरीमा निर्देशकमा नियुक्त भएका शाहमाथि हवाई टिकटको मुल्य बढी देखाएको आरोप लागेको थियो ।

अहिले आएर फेरि तीनै शाहमाथि सहिद स्मारक ‘सी’ डिभिजन लिगका लागि दिएको पेश्की फस्र्यौट रकम आफैँले राखेको आरोप छ । सोही विषयमा पुस २२ गते बसेको एन्फा कार्यसमितिको पूर्णकालीन बैठकमा पनि कुरा उठेको थियो ।

 सोही बैठकबाट उनीमाथि छानविन गर्ने निष्कर्षसहित उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा छानविन समिति गठन भएको थियो ।

उक्त छानविन समितिले भोलिबाट छानविन सुरु गर्ने स्रोतले जानकारी दिएको छ ।