सहिद स्मारक ‘ए’ डिभिजन लिग

लिगेसीले मात्र फुटबल जितिदैनः अन्तत थापा

काठमाडौैं । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिगेसीको भरमा मैदान उत्रदैमा सर्धै सफलता हात नपार्ने बताएका छन् ।

‘यो मोर्डन फुटबल हो ,यहा हामीले विगतमा उपाधि जितेका थियौ र हामी उपाधिको दाबेदार हौ भनेर मात्र केही हुन्न,' अन्नतले भने, 'मैदानमा त्यही अनुरुपको प्रदर्शन गर्न आवश्यक छ । सबै टोलीमा विदेशी खेलाडी छन् । प्रभाव पनि उनीहरुकै छ । त्यसैले अब हामीहरुले पनि विदेशी खेलाडी भित्राउनु पर्छ । ’

अन्ततले पाएको अवसर सदुपयोग गर्न नसक्दा ब्रिगेड ब्वाइज क्लबविरुद्ध तीन अंक लिने रणनिती सफल हुन नसकेको बताए ।

पुलिसले सोमबार ब्रिगेड ब्वाइज क्लबसँग १–१ को बराबरी खेल्दै अ‌क बाँडेको थियो ।

‘हामी पनि रेलिगेशनको दबाबमा छौ,’ अनन्तले भने, ‘हाम्रो रणनिती भनेको आफू भन्दा तत्लो स्थानको टोलीसँग तीन अंक लिन सकेनौ भने उनीहरुलार्ई तीन अंक नदिने हो ।आज पनि त्यही भयो । हामीले एक अंक दियौ र एक अंक लियौ ।’

पुलिस आठ खेलमा आठ अंकसहित ११ औं स्थानमा छ ।