मंसिर १६, २०८२ मंगलबार | ०६:४६:०३
नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे

नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले नयाँ प्रतिद्धन्द्धी– चाइनिज ताइपेइसँग खेल्दैछ । नयाँ यसहिसाबमा कि नेपाल र चाइनिज ताइपेइ अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक आमने-सामने हुँदैछन् । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

फिफा वरियतामा नेपालभन्दा ४५ स्थान माथि रहेको चाइनिज ताइपेइले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृंखलाको पहिलो खेलमा इन्डोनेसियालाई ५-० ले हराएको थियो । नेपालले भने आफूभन्दा कम वरियताको इन्डोनेसियासँग २-१ को अनपेक्षित पराजय बेहोर्यो । श्रृंखलाको उपाधि जित्न चाइनिज ताइपेइलाई नेपालविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ ।

नेपालले इन्डोनेसियाविरुद्ध गोलका अवसरहरु पाएका थिए । तर, त्यसलाई सदुपयोग गर्न सकेनन् । इन्डोनेसियाका खेलाडी भने निर्णायक मोडमा चुकेनन् । टोली हार्नुको प्रमुख कारण यही नै थियो । अन्य कारणमा टोली आफ्ना महत्वपूर्ण सदस्यद्धय स्ट्राइकर सावित्रा भण्डारी र वाइड अट्याकिङ मिडफिल्डर सवीता रानामगरविनानै मैदानमा उत्रिएको थियो । इन्जुरीका कारण सावित्रा इन्डोनेसिया आएकी छैनन् । सवीतालाई पनि इन्जुरीले सताइरहेको छ ।

इन्जुरीका बावजुद इन्डोनेसिया पुगेकी सवीता चाइनिज ताइपेइविरुद्ध पनि अनुपस्थित रहने पक्का भइसकेको छ । खेलको पूर्वसन्ध्यामा मुख्य प्रशिक्षक नवीन न्यौपानेले सवीताका बारेमा जानकारी गराएका थिए ।

न्यौपानेले चाइनिज ताइपेइविरुद्धको खेललाई खेलाडी ‘एक्सपेरिमेन्ट’ गर्ने अवसरका रुपमा लिएका छन् । ठूला टोलीविरुद्ध खेल्दा युवा खेलाडीको प्रदर्शनलाई मूल्याङ्कन गर्न सकिने उनको तर्क छ ।

‘हामी आउँदो साफ च्याम्पियनसिपका लागि तयारी गरिरहेका छौं । चाइनिज ताइपेइसँग जो कोहीले पनि मैदानमा प्लेइङ मिनेट्स पाउन सक्छन् । तर, आफूलाई दिइएको जिम्मेवारी उनीहरुले निभाउनु सक्नुपर्नेछ । सबै पोजिसनलाई अट्याक र डिफेन्स दुबैमा फरक–फरक भूमिका दिएको छु । यसमा उनीहरु खरो उत्रिनु पर्यो । यदी त्यो जिम्मेवारी निभाउन सक्दैनन् भने मसँग अन्य खेलाडीको विकल्प छ,’ न्यौपाने भन्छन्, ‘हामीले तल्लो वरियताको टोलीसँग हार बेहोर्यौँ । माथिल्लो टोलीलाई हराउने कोशिस गर्नेछौं ।’

पाएका अवसरहरुलाई सदुपयोग गर्ने हो र पोजिसन अनुसार ‘अर्गनाइज्ड’ फुटबल खेल्ने हो भने चाइनिज ताइपेइविरुद्ध जित सम्भव रहेको न्यौपाने दाबी गर्छन् । भन्छन्, ‘ठूला टोलीहरुसँग हामीले विरलै अवसर पाउँछौं । तर, ती अवसरहरुलाई सदुपयोग गर्न सक्यौं भने हामी भोलि जित्न सक्छौं । माथिल्लो वरियताको टोलीलाई हराएर मैत्रीपूर्ण श्रृंखलाको अन्त्य गर्न चाहन्छौं ।’

जहाँ नेपाली टोली ‘मिसन साफ’का लागि तयारी गरिरहेको छ । तीन पटकको पूर्व विजेता चाइनिज ताइपेइ अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कप २१औं संस्करणका लागि तयारी गरिरहेको छ । 

दायाँ काँधको शल्यक्रियापछि मैदान फर्किने प्रयासमा आफ्नो दिनचर्या समर्पित गरिरहेकी नेपालका ‘डिफेन्सिभ वाल’ गीता राना पछिल्ला दुई विदेश भ्रमणमा टिमसँग जोडिएकी छैनन् । पछिल्ला तीन खेलमा नेपालको सेन्टरब्याक जोडीमा विमला विक र समीक्षा घिमिरे छन् । इन्डोनेसियाविरुद्ध नेपालले अनियन्त्रित रक्षापङ्क्तिकै कारण दुई गोल खाएको थियो । चाइनिज ताइपेइविरुद्ध दुबैका लागि चुनौतीसँगै अवसर हुनेछ ।


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE