मंसिर २७, २०८२ शनिबार | ०१:०९:०४
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले नयाँ प्रतिद्धन्द्धी– चाइनिज ताइपेइसँग खेल्दैछ । नयाँ यसहिसाबमा कि नेपाल र चाइनिज ताइपेइ अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक आमने-सामने हुँदैछन् । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

फिफा वरियतामा नेपालभन्दा ४५ स्थान माथि रहेको चाइनिज ताइपेइले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृंखलाको पहिलो खेलमा इन्डोनेसियालाई ५-० ले हराएको थियो । नेपालले भने आफूभन्दा कम वरियताको इन्डोनेसियासँग २-१ को अनपेक्षित पराजय बेहोर्यो । श्रृंखलाको उपाधि जित्न चाइनिज ताइपेइलाई नेपालविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ ।

नेपालले इन्डोनेसियाविरुद्ध गोलका अवसरहरु पाएका थिए । तर, त्यसलाई सदुपयोग गर्न सकेनन् । इन्डोनेसियाका खेलाडी भने निर्णायक मोडमा चुकेनन् । टोली हार्नुको प्रमुख कारण यही नै थियो । अन्य कारणमा टोली आफ्ना महत्वपूर्ण सदस्यद्धय स्ट्राइकर सावित्रा भण्डारी र वाइड अट्याकिङ मिडफिल्डर सवीता रानामगरविनानै मैदानमा उत्रिएको थियो । इन्जुरीका कारण सावित्रा इन्डोनेसिया आएकी छैनन् । सवीतालाई पनि इन्जुरीले सताइरहेको छ ।

इन्जुरीका बावजुद इन्डोनेसिया पुगेकी सवीता चाइनिज ताइपेइविरुद्ध पनि अनुपस्थित रहने पक्का भइसकेको छ । खेलको पूर्वसन्ध्यामा मुख्य प्रशिक्षक नवीन न्यौपानेले सवीताका बारेमा जानकारी गराएका थिए ।

न्यौपानेले चाइनिज ताइपेइविरुद्धको खेललाई खेलाडी ‘एक्सपेरिमेन्ट’ गर्ने अवसरका रुपमा लिएका छन् । ठूला टोलीविरुद्ध खेल्दा युवा खेलाडीको प्रदर्शनलाई मूल्याङ्कन गर्न सकिने उनको तर्क छ ।

‘हामी आउँदो साफ च्याम्पियनसिपका लागि तयारी गरिरहेका छौं । चाइनिज ताइपेइसँग जो कोहीले पनि मैदानमा प्लेइङ मिनेट्स पाउन सक्छन् । तर, आफूलाई दिइएको जिम्मेवारी उनीहरुले निभाउनु सक्नुपर्नेछ । सबै पोजिसनलाई अट्याक र डिफेन्स दुबैमा फरक–फरक भूमिका दिएको छु । यसमा उनीहरु खरो उत्रिनु पर्यो । यदी त्यो जिम्मेवारी निभाउन सक्दैनन् भने मसँग अन्य खेलाडीको विकल्प छ,’ न्यौपाने भन्छन्, ‘हामीले तल्लो वरियताको टोलीसँग हार बेहोर्यौँ । माथिल्लो टोलीलाई हराउने कोशिस गर्नेछौं ।’

पाएका अवसरहरुलाई सदुपयोग गर्ने हो र पोजिसन अनुसार ‘अर्गनाइज्ड’ फुटबल खेल्ने हो भने चाइनिज ताइपेइविरुद्ध जित सम्भव रहेको न्यौपाने दाबी गर्छन् । भन्छन्, ‘ठूला टोलीहरुसँग हामीले विरलै अवसर पाउँछौं । तर, ती अवसरहरुलाई सदुपयोग गर्न सक्यौं भने हामी भोलि जित्न सक्छौं । माथिल्लो वरियताको टोलीलाई हराएर मैत्रीपूर्ण श्रृंखलाको अन्त्य गर्न चाहन्छौं ।’

जहाँ नेपाली टोली ‘मिसन साफ’का लागि तयारी गरिरहेको छ । तीन पटकको पूर्व विजेता चाइनिज ताइपेइ अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कप २१औं संस्करणका लागि तयारी गरिरहेको छ । 

दायाँ काँधको शल्यक्रियापछि मैदान फर्किने प्रयासमा आफ्नो दिनचर्या समर्पित गरिरहेकी नेपालका ‘डिफेन्सिभ वाल’ गीता राना पछिल्ला दुई विदेश भ्रमणमा टिमसँग जोडिएकी छैनन् । पछिल्ला तीन खेलमा नेपालको सेन्टरब्याक जोडीमा विमला विक र समीक्षा घिमिरे छन् । इन्डोनेसियाविरुद्ध नेपालले अनियन्त्रित रक्षापङ्क्तिकै कारण दुई गोल खाएको थियो । चाइनिज ताइपेइविरुद्ध दुबैका लागि चुनौतीसँगै अवसर हुनेछ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II