सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा पुलिस र ब्रिगेड ब्वाइजको बराबरी

काठमाडौं । नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत जारी खेलको पहिलो हाफमा १-१ को बराबरी खेलेका छन् ।

खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर लेखीको प्रहार पुलिसका गोलकिपर सत्रुघनकुमार चौधरीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बललाई रोशनले जाली चुमाएका थिए ।

तर ब्रिगेड ब्वाइजले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । त्यसको दुई मिनेटपछि नै पुलिस खेलमा फर्कियो । रक्षक बुद्ध तामाङको फ्रिकक गोलमा पुलिस खेलमा फर्किएको थियो ।

१३औं मिनेटमा रुडी जोनाथन एमबाकोपको फ्रिकक बाहिरिदा ब्रिगेड ब्वाइजले अग्रता दिने अवसर गुमायो ।

२५औं मिनेटमा निरकुमार राईको कर्नरमा सन्तोष हेमरनले गरेको हेडर गोलपोस्ट भन्दामाथिबाट बाहिरदाँ पुलिसले अग्रता दिने अवसर खेर फाल्यो ।

त्यसको पाँच मिनेटपछि निरकुमारको प्रहार क्रसबारमा लागेर फर्कदा पुलिसले गोलको सनौलो अवसर गुमायो । 

पुलिस सात खेलमा ६ अंकसहित ११औं स्थानमा छ भने ब्रिगेड ब्वाइज क्लब भने समान खेलमा पाँच अंक बटुल्दै १२औं स्थानमा छ ।