आहा रारा गोल्डकप

आहा! रारा गोल्ड कप: १० टोली सहभागी, ग्यालेक्सीमा प्रत्यक्ष प्रशारण

पोखरा । सहारा क्लब पोखराको आयोजनामा माघ ५ गतेदेखि सुरु हुने आहा! रारा गोल्ड कपमा सहभागी हुने १० टोली सार्वजनिक भएको छ । पोखरा रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा साविक विजेता संकटा क्लबसहित सहिद स्मारक ए डिभिजन लिगका थप ६ टोलीको सहभागिता निश्चित भएको आयोजकले जानकारी दिएको छ ।

मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, बिवाइएससी, मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै प्रतियोगिताका सम्पूर्ण खेल ग्यालेक्सी फोरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

सुरजको अध्यक्षतामा आहा राराको मुल आयोजक कमिटी गठन