एफए कपको

आर्सनल नटिङघमसँग स्तब्ध, लिभरपुल र टोटनहम चौथो चरणमा

लन्डन । च्याम्पियनसिप क्लब नटिङघम फरेस्टले एफए कपको तेस्रो चरणमा अप्रत्यासित नतिजा ल्याउने क्रममा १४ पटकको विजेता आर्सनललाई १-० ले स्तब्ध पारेको छ । 

लिभरपुल र टोटनहमले च्याम्पियनसिप क्लबमाथि पुनरागमन जित निकाल्दा आर्सनल भने निराश बन्यो । 

पछिल्लो चार वर्षमा नटिङघमले एफए कपमा आर्सनलनलाई निराश पारेको यो दोस्रो पटक हो ।

८३औं मिनेटमा लुइस ग्राबनले गरेको गोल नटिङघमको जितका लागि पर्याप्त बन्यो । 

लिभरपुलले भने चौथो चरणमा स्थान बनाउने क्रममा स्रवेसबरीलाई ४-१ ले हरायो ।

लिभरपुलको जितमा फाबियानोले दुई गोल गर्दा रोबर्टो फिर्मिनो र गोर्डनले समान एक गोल गरे ।

त्यस्तै टोटनहमले मोरकाम्बेलाई ३-१ र वेस्ट हमले लिडसलाई २-० ले पराजित गर्दै एफए कपको चौथो चरणमा स्थान पक्का गरे ।