नेपाली फुटबल

जगजित र आशिष थपिए, सन्तोष बाहिरिए

काठमाडौं । माघ दोस्रो साता अफ्रिकी राष्ट्र मोरिससविरुद्ध  हुने दुई मैत्रिपूर्ण खेलका लागि जगजित श्रेष्ठ र आशिष राई राष्ट्रिय फुटबल टोलीमा थप हुँदा सन्तोष तामाङ भने बाहिरिएका छन् । 

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले चोटका कारण नियमित सदस्य समेत रहेका त्रिभुवन आर्मी फुटबल क्लबका सन्तोषलाई बाहिर राख्दै आर्मीकै जगजित र च्यासल युथ क्लबका आशिषलाई  प्रशिक्षणमा समावेश गरेका हुन् ।

आशिषले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका हुन् भने सन् २०१३ यता राष्ट्रिय टोली बाहिर रहेका जगजित सन् २०१९ यता बन्द प्रशिक्षण बाहिर छन् ।

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग दशरथ रंगशालामा माघ १५ र १८ गते गरि दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।