कार्तिक २८, २०८२ शुक्रबार | ०८:२८:१४
जिम्मी निशमले पोखराबाट खेल्ने फ्रान्स फिफा विश्वकपमा छनोट लालिगुँरास र देउरालीको खेल गोलरहित अन्तर्राष्ट्रिय फुटबलमा आदित्यको डेब्यु काठमाडौंलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथ एनपिएलको टिकट दर ५०० देखि २ हजारसम्म अनन्तको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल नजिबुल्लाह जाद्रन कर्णालीमा अनुबन्ध अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु मधेशविरुद्ध लुम्बिनी विजयी जिम्मी निशमले पोखराबाट खेल्ने फ्रान्स फिफा विश्वकपमा छनोट लालिगुँरास र देउरालीको खेल गोलरहित अन्तर्राष्ट्रिय फुटबलमा आदित्यको डेब्यु काठमाडौंलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथ एनपिएलको टिकट दर ५०० देखि २ हजारसम्म अनन्तको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल नजिबुल्लाह जाद्रन कर्णालीमा अनुबन्ध अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु मधेशविरुद्ध लुम्बिनी विजयी

फ्रान्स फिफा विश्वकपमा छनोट

काठमाडौं । किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित फ्रान्स युक्रेनविरुद्ध ४-० को सहज जित निकाल्दै आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।

बिहीबार पार्क डेस प्रिन्सेसमा सम्पन्न विश्वकप युरोपियन छनोटमा घरेलु टोली फ्रान्सलाई जित दिलाउन एमबाप्पेले दुई तथा माइकल ओलिसे र ह्युगो एकिटिकेले समान एक गोल गरे ।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको फ्रान्स समूह ‘डी’ को शीर्ष स्थानमा छ । पराजित युक्रेन समान खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा ओलिसेले टोलीको अग्रता दोब्बर बनाए ।

एमबाप्पेले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।  निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा एकिटिकेले गोल गर्दै फ्रान्सलाई ४० को सहज जित दिलाए ।

फ्रान्स आगामी विश्वकपमा छनोट हुने दोस्रो युरोपियन तथा समग्रमा २९औं राष्ट्र हो ।

यसअघि युरोपबाट इङ्ल्यान्ड, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया  र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।

४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।


भिडियो
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र