न्युक्यासल युनाइटेड

डर्टमन्डका डाउडप्रति न्युक्यासलको चासो

लन्डन । इङ्लिस प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत न्युक्यासल युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमन्डका मिडफिल्डर महमौद डहाउडलाई भित्र्याउने चासो देखाएको छ ।

बुन्डेसलिगमा आफ्नो करियरको आनन्द लिइरहेका डाउडप्रति प्रिमियर लिगका टोलीहरूको चासो बढ्न थालेको यो नौलो कुरा होइन । यसअघि पनि उनको नाम वेस्टह्याम युनाइटेडसँग जोडिएको थियो ।

आफ्नो करियरको सम्भवत उत्कृष्ट लयमा रहेका डाउडले शनिबार भएको फ्रांन्कफर्टविरुद्ध प्रशंसनीय प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेअनुसार प्रियिमर लिगको रेलिगेसनबाट बच्ने हरसम्भव कोसिस गरिरहेको न्युक्यासलले उनलाई भित्र्याउने तयारी थालेको छ ।

जर्मनीका २६ वर्षे मिडफिल्डरको डर्टमन्डसँगको सम्झौता २०२३ मा गुज्रिनेछ ।