बार्सिलोना

हालान्ड नआए ब्रुनो भित्र्याउने बार्सिलोनाको तयारी

मड्रिड । एर्लिङ हालान्डलाई क्याम्प नोउ ल्याउन नसके म्यानचेस्टर युनाइटेडका प्ले मेकर ब्रुनो फर्नान्डेजलाई अनुबन्ध गर्ने बार्सिलोनाले तयारी गरेको छ । बार्सिलोनाले यो सिजन पुनः ठूला नाम टोलीमा भित्र्याउने चाहना खुलेआम व्यक्त गरिरहेको छ ।

बोरुसिया डर्टमन्डका युवा स्ट्राइकर हालान्ड बार्सिलोनाले भित्र्याउन चाहने सूचीको शीर्ष स्थानमा छन् । तर, युरोपेली फुटबलका महारथीहरू पनि नर्वेजियन फरवार्डलाई भित्र्याउने होडमा भएकाले सहज देखिँदैन ।

त्यसैले यदि हालान्डलाई भित्र्याउन असफल रहे बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका पोर्चुगिज मिडफिल्डरलाई भित्र्याउने कोसिस गर्ने स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् । फर्नान्डेजले युनाइटेडबाट खेलेका पछिल्ला १६ खेलमा दुई गोल मात्रै गरेका छन् ।

गतसाता भएको वुल्भ्सविरुद्धको खेलमा बेन्चमै सीमित गरिएका ब्रुनोले आगमी सिजन सुरु हुनुअघि क्लब छाड्न सक्ने सम्भावना छ ।