बार्सिलोना

गाभी भित्र्याउने दौडमा लिभरपुल र सिटी

बार्सिलोना । इङ्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी गाभीलाई भित्र्याउने दौडमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१७ वर्षीय गाभीले यसै सिजन बार्सिलोना र स्पेनको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिसकेका छन् र उनलाई हाल युरोपकै उत्कृष्ट प्रतिभा मध्येका एकको रुपमा हेरिएको छ ।

बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन गाभीलाई भित्राउने दौडमा युरोपका शीर्ष क्लब लागेको हुन् ।

एक अन्तर्राष्ट्रिय मिडियाका अनुसार लिभरपुल गाभीलाई प्रतिसाता ८० हजार युरो तीर्न तयार छ । र, बार्सिलोना गाभीमाथि लिभरपुलले जत्तिकै खर्च तयार नरहेको देखिन्छ । बार्सिलोनाबाट गाभीले हाल प्रतिसाता १.८ युरो कमाइरहेका छन् ।

स्पेनिस फुटबल म्यागाजिन ‘मार्का’ ले लिभरपुलसँगै म्यानचेस्टर सिटीले पनि गाभीलाई भित्र्याउन चाहेको जनाएको छ । तर, बार्सिलोनाको भविष्यका रुपमा चिनिएका गाभीको चाहना भने क्याम्प नाउमै खेल्ने रहेको म्यागाजिनमा उल्लेख छ ।