सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा आर्मी १-० ले अघि

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबारको दोस्रो खेलअन्तर्गत न्युरोड टिम (एनआरटी) विरुद्धको पहिलो हाफमा त्रिभुवन आर्मी क्लबले १-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा एनआरटीमाथि अधिकांश समय आर्मी हाबी रह्यो । १७औं मिनेटमा दिनेश हेम्जनले गरेकाे गोलबाट आर्मीले अग्रता लिएको थियो । जगजित श्रेष्ठको क्रसमा दिनेशले ६ यार्ड बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए ।

सातौं मिनेटमा स्टेफन समिरको पासमा एनआरटीका फरवार्ड राजेश परियारले पेनाल्टी एरियाको एजबाट गरेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । १६औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार अजित प्रजापतीले रोकेका थिए ।