कार्तिक १६, २०८२ आइतबार | २३:३३:४१
बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने

एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने

एन्फा महासचिव किरण राईबाट नियुक्ति पत्र ग्रहण गर्दै राष्ट्रिय यु-१७ फुटबल टोलीका मुख्य प्रशिक्षक सञ्जीत सिंह, तस्विरः एन्फा ।

काठमाडौं । म्यानमारमा यही नोभेम्बर २२ देखि ३० सम्म हुने एएफसी यु-१७ एसियन कप छनोटमा नेपाली टोलीको टचलाइन सञ्जीत सिंहले नै सम्हाल्ने भएका छन् ।

गत सेप्टेम्बरमा श्रीलंकामा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपमा युवा टोलीको नेतृत्व गरेका सिंहलाई आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्ततण गरे ।

एन्फाले श्रीलंका भ्रमण गरेका अफिसियल टोलीलाई म्यानमारमा पनि निरन्तरता दिएका छन् । एन्फाले सहायक प्रशिक्षकको जिम्मेवारी राम चन्द्र थापामगर र देव कुमार मादेनलाई नै दिएको छ । त्यस्तै टिम म्यानेजरमा भरत बहादुर बस्नेत र फिजियोथेरापिस्टमा विनोद भट्टराई छन् ।

गोलकिपर प्रशिक्षकको जिम्मेवारी भने प्रवीण श्रेष्ठलाई दिइएको छ । श्रीलंकामा राजु सिंह महर्जनले यो जिम्मेवारी लिएका थिए । एएफसीको नियमअनुसार अफिसियलमा टिम डाक्टर हुनुुपर्ने नियम छ । यसैअनुसार धर्मेन्द्र कुमार यादवले टिम डाक्टरको जिम्मेवारी पाएका छन् ।

एन्फा महासचिव किरण राईबाट नियुक्ति पत्र ग्रहण गर्दै राष्ट्रिय यु-१७ फुटबल टोलीका गोलकिपर प्रशिक्षक प्रवीण श्रेष्ठ, तस्विरः एन्फा ।

समूह ‘जी’मा रहेको नेपालले नोभेम्बर २२ मा सिरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले नोभेम्बर २४ मा घरेलु टोली म्यानमार, २६ मा ओमान र २८ मा अफगानिस्तासँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउन्ड रोविन लिगपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरबियामा हुने एसियन कपको २१औं संस्करणमा स्थान बनाउनेछ ।

टोलीले प्रतियोगिताका लागि तयारी थालेको एक हप्ता भयो । साफ च्याम्पियनसिपमा सहभागिता जनाएर फर्किएको टोली दशैं र तिहार मनाउन घर फर्किएका थिए । भाइटिका सकिएको दोस्रो दिन खेलाडी बन्द प्रशिक्षणमा जोडिएका हुन् । खेलाडी काठमाडौंमै बन्द प्रशिक्षणमा बसिरहेका छन् । यसअघि साफ च्याम्पियनसिपका लागि टोलीले मोरङमा प्रशिक्षण गरेको थियो ।

साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई २-० ले हराएको थियो । समूहको दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित हुनुका बावजुद नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा भारतले नेपालको चुनौती ३–० ले पन्छायो ।

 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA