कार्तिक १६, २०८२ आइतबार | १८:४०:११
विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ आगामी साता हुने साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन पाकिस्तानलाई दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी शृंखला चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ आगामी साता हुने साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन पाकिस्तानलाई दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी शृंखला चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल

साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौं । बालगोपाल साहुखल र चेतन घिमिरे नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा साहुखल र घिमिरेले महासचिव राईबाट नियुक्ति पत्र ग्रहण गरे ।

एन्फाले शुक्रबार मात्र राष्ट्रिय टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको थियो । दुई दिनपछि खड्काको नेतृत्वमा रहने प्रशिक्षण टोलीमा साहुखल र घिमिरे जोडिएका हुन् ।

घिमिरेले यसअघि पनि राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् । घिमिरेले दुई महिनाअघि मात्र एएफसी महिला च्याम्पियन्स लिग छनोटमा विभागीय टोली एपिएफ क्लबको नेतृत्व गरेका थिए ।

२०८० सालको जेष्ठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा घिमिरेले नेपाल पुलिस क्लबको टचलाइन सम्हालेका थिए । यसबीच मोफसलका प्रतियोगिताहरुमा पुलिसकै नेतृत्वमा रहेका घिमिरेले चीनको युनान प्रान्तीय टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोलीलाई प्रशिक्षण दिएका थिए । त्यतिबेला उनी भिन्सेन्जो अल्बर्टो एनेसको मुख्य प्रशिक्षणमा रहेको टोलीका सहायक थिए ।

साहुखलले यसै वर्षको जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युवा क्लबको टचलाइन सम्हालेका थिए । साहुखलले सन् २०२४ को फेब्रुअरीमा सम्पन्न साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपाली टोलीलाई लिड गरेका थिए । बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।

यसपाली पनि राष्ट्रिय टोलीको जिम्मेवारीमा साहुखलको पहिलो भ्रमण बंगलादेशबाटै हुनेछ । नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

बंगलादेशले एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नोभेम्बर १८ मा भारतसँग खेल्दैछ । त्यसैको तयारी स्वरुप बंगलादेशले नेपालको आतिथ्य गर्न लागेको हो । नोभेम्बर १८ मै नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्ने तालिका छ ।

एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।

 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA