काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ मा लगातार दोस्रो जित दर्ता गरेको छ । टोलीले शनिबार क्रेमोनिजविरुद्ध २-१ को जित निकाल्यो ।
युभेन्टसले पछिल्लो खेलमा युडिनेजविरुद्ध ३-१ को जित निकालेको थियो । त्यसअघिका पाँच खेलमा भने युभेन्टस जितविहिन बनेको थियो ।
जितसँगै १० खेलमा १८ अंक जोडेको युभेन्टस पाँचौं स्थानमा उक्लिएको छ । पराजित क्रेमोनिज समान खेलबाट १४ अंकका साथ नवौं स्थानमा छ ।
जियोभानी जिनी रंगशालामा युभेन्टसलाई जित दिलाउन फिलिप कोस्टिक र एन्ड्रिया क्याम्बियासोले गोल गरे । क्रेमोनिजका लागि जिमी भार्डीले गोल फर्काए ।
खेलकोे दोस्रो मिनेटमै कोस्टिकको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । ६८औं मिनेटमा क्याम्बियासोले टोलीको अग्रता दोब्बर बनाए ।
भाडीले ८३औं मिनेटमा गोल गर्दै क्रेमोनिजलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
शनिबारै सम्पन्न खेलमा लिग लिडर नापोली कोमोसँग गोलरहित बराबरीमा रोकियो ।
