सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा मछिन्द्र र फ्रेन्डसको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार जारी पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्डस क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

सात खेलेको मछिन्द्र १७ अंकसहित शीर्ष स्थानमा छ ।  फ्रेन्डस क्लब भने सात खेलमा तीन अंकसहित अन्तिम स्थानमा छ ।

मछिन्द्र फ्रेन्डसमाथि सहज जितसहित शीर्ष स्थानमा अग्रता कायम राख्न चाहन्छ । फ्रेन्डस भने शीर्ष टोलीमाथि अप्रत्यासित जितसहित रेलिगेश क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा छ ।

नवौ मिनेटमा सुनिल बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरदा मछिन्द्रले अग्रता लिने अवसर गुमायो ।

१८औं मिनेटमा फ्रेन्डसका रक्षकले क्लिय गर्न नसक्दा प्राप्त बलमा मछिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरयो ।

२७औं मिनेटमा मछिन्द्रका सुनिलले गरेको क्रसमा मछिन्द्रका कुनै पनि खेलाडी बल सम्म पुग्न सकेनन् ।

४५औं मिनेटमा अभिषेकको प्रहार फ्रेन्डसका गोलकिपर राहुल रामचन्द्र यावदले उत्कृष्ट बचाउ गरेका थिए ।