फिफा फुटबल अवार्ड २०२१

मेसी, लेवान्डाेवस्की र सलाह फिफा वर्ष खेलाडीकाे अन्तिम तीन मनाेनयनमा

लन्डन । रोबर्ट लेवान्डोवस्की, लियोनल मेसी र मोहमद सलाह फिफा वर्ष खेलाडी २०२१ को अन्तिम तीन मनोनयनमा परेका छन् ।

फिफाले शुक्रबार सार्वजनिक गरेको मनोनयनक अन्तिम तीनमा लेवान्डोवस्की, मेसी र सलाह डिसेम्बर १० सम्म विश्वभरबाट आएको मतका आधारमा परेका हुन् ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन बिहीबार सार्वजनिक भएको थियो । जसमा पुरुषतर्फ पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टचेल छन् भने महिलातर्फ लुइस कोर्टेस, इम्मा हयास र सरिना वेगम्यान छन् ।

फिफा वर्ष खेलाडीकाे घोषणा जनवरी १७ मा हुनेछ ।

वर्ष खेलाडीको घोषणा फिफामा आवद्द राष्ट्रका प्रशिक्षक, कप्तान र एक खेल पत्रकार त्यस्तै फिफाको वेबसाइटमा दर्ता भएका समर्थकसम्मिलित अन्तर्राष्ट्रिय निर्णायक मण्डलले निर्णय गर्नेछ ।