सहिद स्मारक ‘ए’ डिभिजन लिग

सातदोबाटो र संकटा पहिलो हाफमा बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलको पहिलो हाफमा  सातदोबाटो युथ क्लब र संकटा क्लब १-१ को बराबरी खेलेका छन् ।

२२औं मिनेटमा स्ट्राइकर सुशिल राईले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पास गोलकिपर राजा बाबु थापाले नियन्त्रण लिन सकेनन् । थापाले क्लियर गर्न खोजेको प्रहार राईको घुँडामा ठोक्किए पोस्टको दिशा लिएको थियो ।

३२औं मिनेटमा जय गुरुङले गरेको गोलमा संकटा खेलमा फर्किएको थियो । 

संकटा सात खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा आठ अंक मात्र जोडेको सातदोबाटो नवौं स्थानमा छ । 

यसअघि चौथो मिनेटमा सातदोबाटोका सुदिप गुरुङको प्रहार राज बाबुले पञ्च गर्दै संकटाको संकट टारेका थिए । 

११औं मिनेटमा फोडे फोफोनाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले विफल पारेका थिए ।