बार्सिलोना

अराउजोको हातको शल्यक्रिया गर्नुपर्ने

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाका युवा डिफेन्डर रोनाल्ड अराउजोको हातकाे शल्यक्रिया गर्नुपर्ने भएको छ । अराउजोले कोपा डेल रेअन्तर्गत लेनारेस डिपोर्टिभविरुद्धको खेलका क्रममा हातमा चोट बोकेका थिए ।

तेस्रो डिभिजनको डिपोर्टिभविरुद्ध २–१ को जित निकाल्दा अराउजो पहिलो हाफमै मैदान बाहिरिएका थिए । बार्सिलोनाले बिहीबार विज्ञप्ती जारी गर्दै अरुजोको शल्यक्रिया गर्नुपर्ने बताएको हो । शल्यक्रिया गर्नुपर्ने भएसँगै अराउजो चारदेखि ६ हप्ता मैदान बाहिर रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  ।

‘बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोको दायाँ हातमा चोट लागेको छ । चिकिस्तकका अनुसार अरुजोको शुक्रबार शल्यक्रिया गरिने छ,’ विज्ञप्तीमा भनिएको छ ।

यस्तै बार्सिलोनाले मिडफिल्डर फ्रयाकीं डी यङ तिघ्रामा चोट लागेको जनाएको छ । डिर्पोटिभविरुद्ध पहिलो हाफमा ‘सब्सिच्युट’ खेलाडीको रुपमा मैदान भित्रिएका डी यङ दोस्रो हाफमा मैदान बाहिरिएका थिए ।