म्यानचेस्टर सिटी

ग्वार्डिओला कोभिड संक्रमित

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला कोभिड संक्रमित भएका छन् ।

सिटीले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रशिक्षक ग्वार्डिओलासँगै सहायक प्रशिक्षक जुअन्मा लिलोमा कोभिड संक्रमण पुष्टि गरेको हो । दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको क्लबले जनाएको छ ।

सिटीका १४ जना स्टाफ र सात जना खेलाडीसहित कुल २१ जना कोभिड संक्रमित छन् ।

यससँगै एफए कपअन्तर्गत शुक्रबार राति हुने स्विन्डन टोव्नविरुद्धको खेलमा रोडिल्फो बोरेलले सम्हाल्ने भएका छन् ।