काेपा डेल रे

सानदार जित सहित एट्लेटिको अन्तिम १६ मा

मड्रिड । रायो मान्जाहोन्डामाथि ५-० को सानदार जितसहित एट्लेटिको मड्रिडले कोपा डेल रेको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

१७औं मिनेटमा माथ्युस कुनाको गोलबाट एट्लेटिको मड्रिडले अग्रता लियो ।२६औं मिनेटमा रेनन लोडीले एट्लेटिकोको अग्रता दोेब्बर पारे । ४१औं मिनेटमा लुइस स्वारेजलले बललाई जाली चुमाउँदै एट्लेटिकोको अग्रता ३-० मा पुर्याएका थिए ।

६७औं मिनेटमा एन्टोनी ग्रिजम्यानले एट्लेटिकोलाई फराकिलो जिततर्फ डोहोर्याउने संकेत गरेका थिए ।७९औं मिनेटमा फेलिक्सले डिएगो सिमोनीको टोलीका लागि पाँचौ गोल गरे ।

त्यस्तै एथ्लेटिक बिलबाओ पनि बिहीबार एट्लेटिको मान्चा रियाललाई २-० ले हराउदै कोपा डेल रेको अन्तिम १६ को टिकट पक्का गर्दा इल्चीले अल्मेरियालाई २-१ ले हरायो ।

बुधबार रियाल मड्रिड र साविक विजेता बार्सिलोनाले पनि प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गरेका थिए ।